Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसईई नतिजा आज बिहान सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक हुँदैछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ७ बजे बोर्ड बैठक बसेर १० बजेसम्म नतिजा सार्वजनिक हुने भएको हो ।

हिजो नै नजिता सार्वजनिक गर्ने तयारी भए पनि केही प्राविधिक काम बाँकी भएकाले आज सार्वजनिक गर्ने निर्णय भएको कार्यालयले जनाएको छ ।

गएको चैत १५ देखि २७ गतेसम्म भएको एसईई परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्ने भएको छ ।

यसरी हेर्न सकिन्छ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077