Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

यसरी हेर्नुस् एसइईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गरेको छ।

२०८० सालमा सञ्चालन गरेको एसइईको नतिजा बोर्डले आज विहान सार्वजनिक गरेको हो।

सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन्। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए।

एसपटकको एसइई नतिजा विभिन्न ११ वटा संस्थाको वेवसाईट, आइभिआर र एसएमएसमार्फत् हेर्न सकिने कार्यालयले जनाएको छ।

कार्यालयको सूचनाअनुसार नेपाल टेलिकमको १६०० मा एसएमएस र आइभिआर मार्फत्, स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी ३५००१ मा कोडमा, इजी सर्भिसको ३४९४९ कोडमा र आकाश टेकको ३१००३ कोड राखेर एसएमएस गरेर नतिजा हेर्न सकिने छ।

यस्तै राष्ट्रिय परिक्षा नियन्त्रण कार्यालय,परीक्षा बोर्ड,खल्ती, इसेवालगायतको वेवसाइटबाट पनि परीक्षाफल हेर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077