Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

श्रीमतीको हत्या गर्ने इन्द्रदेबलाई जन्मकैद

सप्तरी । सप्तरीमा श्रीमतीको हत्या अभियुक्त उनका पतिलाई जन्मकैदको सजाय सुनाइएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलाशले शम्भुनाथ नगरपालिका-५ मोहनपुरकी ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या आरोपमा उनका श्रीमान ३७ वर्षीय इन्द्रदेव चौधरीलाई जन्मकैदको सजाय सुनाएको हो ।

इन्द्रदेबलाई जन्मकैदका साथै मृतकका हकवालालाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउने र आरोपितबाट फौजदारी कसुर पीडित राहत कोषमा दुई हजार आठ सय रुपियाँ जम्मा गराउने समेत फैसला भएको जिल्ला अदालतले जनाएको छ ।

घरायसी विवादमा झोलामा प्रयोग हुने फित्ताले घाँटी बाँधी थिचेर हत्या गरेको इन्द्रदेवमाथि आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077