Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरले माग्यो कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन मागेको छ ।

आफू मातहतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि महानगरपालिकाले आवेदन माग गरेको हो ।

महानगरले आज एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि हुने परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्रबारे प्रस्ट पार्दै माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहु वैकल्पिक वस्तुगत प्रश्न हुने जानकारी समेत दिएको छ ।

असार १५ गतेबाट अनलाइनमार्फत आवेदन दिन सकिने पनि महानगरले जानकारी दिएको छ ।

असार २९ गते शनिबारसम्म आएका आवेदनलाई सदर गरिने र परीक्षा सञ्चालन साउन ४ गते हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077