Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

'द डार्क फाइल' प्रकरण : सिधाकुराका प्रस्तोता कँडेलसहित तीन जनाविरूद्ध मुद्दा

काठमाडौं । सिधाकुरा अनलाइनले सार्वजनिक गरेको ‘डार्क फाइल’ अडियो प्रकरणमा सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सीनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरू तीनै जनालाई फरार प्रतिवादी बनाएर अभियोग दायर भएको छ। उनीहरू तीनै जनाविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको र अपमानजनक व्यवहार सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो।

सिधाकुरा डटकमले प्रसारण गरेको डार्क फाइलमा जोडिएका अधिवक्ता किशोरकुमार विष्ट, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, प्रहरी उपरीक्षक संजयसिंह थापा, क्याप्टेन रामेश्वर थापा, पत्रकार सुरेन्द्र काफ्ले लगायतसँग सिआइबीले घटना विवरण कागज गराएको थियो।

यसअघि सीआईबीले अडिओमाथि अनुसन्धान गरी उक्त अडिओ नक्कली रहेको पत्ता लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077