Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जबज देशको अग्रगमनका लागि प्रतिपादन गरिएको हो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद 'जबज' स्वार्थ पुरा गर्ने माध्यम नभएको बताएका छन् ।

एमालेका तत्कालीन महासचिव स्वं मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले जबजलाई एमालेले विचारधाराको रूपमा लिएको बताए । सिलसिला र निरन्तरतापछिमात्रै जबजको विचार निर्माण भएको भन्दै त्यो नै परिपूर्ण विचार भएको अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले जबजले नै अहिलेको अवस्थाको विकास र आधुनिकीकरणमा पुर्‍याउने दाबी गरे।

यो देशको अग्रगमनका लागि जननेता भण्डारीको अगुवाइमा नेकपा एमालेले जबजलाई प्रतिपादन गरेको अध्यक्ष ओलीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077