Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने महतो पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न ठाउँमा चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त महाराजगन्जको टोलीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ निलोपुलबाट सुनिल महतो भन्ने राम पुनित महतोलाई पक्राउ गरेको हो।

२०८० कात्तिक ६ गते टोखा-४ धापासीस्थित गार्डेन भ्‍यु रेष्टुरेन्टबाट विभिन्न ब्रान्डको रक्सी चोरी गरेको आरोप छ। त्यतिबेला ५० हजार बराबरको रक्सी चोरी भएको थियो।

त्‍यस घटनापछि सुनिल फरार रहँदै आएका थिए। त्यस्तै गत जेठ ९ गते बुढानिलकण्ठ-८ भंगालमा रहेको बालुवा डिपोबाट ब्याट्री, ग्राइन्डर मेसिन लगायत चोरी गरेको आरोप उनीमाथि छ।

असार ११ गते बुढानिलकण्ठ-७ गल्फुटारमा फेसन फोटो स्टुडियो पसलमा पसल फोडेर एक लाख ९५ हजार र २ लाख बराबरको दुलही लेङ्गा सेट चोरी गरेका थिए।

उक्त उजुरीपछि प्रहरीले खोजी गरी उनलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनले प्रयोग गरेको बि एसी ८३६० नम्बरको कार पनि प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077