Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देशका लागि एमाले विभाजन रोक्न धेरै कोसिस गरेको थिएँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपति हुँदा एमाले विभाजन रोक्न पहल गरेको स्वीकार गरेकी छन् ।

शुक्रबार धुलिखेलमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा सो कुरा स्वीकारेकी हुन् । उनले देशका लागि सो प्रयास गरेको दाबी गरिन् ।

“तपाईं पूर्वराष्ट्रपति भएर यस्तो भन्नुहुन्छ । हिजो एमालेको नेता हुनुहुन्थ्यो । एमालेचाहिँ किन नमिलाको भन्ने पर्न सक्ला । कोसिस त मैले धेरै गरेको,” उनले भनिन्, “मैले एमालेको लागि होइन देशका लागि गरेको । जनतालाई सम्झेर ।”

एमाले जब अलि अघि बढ्छ त्यतिबेला ठेस लाग्ने गरेको उनले स्मरण गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077