Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उत्तरी नाइजेरियामा भएको विस्फोटमा १८ जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको शृङ्खलाबद्ध बम विस्फोटमा १८ जनाको मृत्यु भएको छ ।

शनिबार एक विवाह समारोहमा भएको शंकास्पद बम विष्फोटमा उनीहरुको मृत्यु भएको हो ।

राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीले संदिग्ध आत्मघाती हमलाकारीले ग्वोजा सहरमा विवाह र अन्त्येष्टि समारोहका साथै अस्पतालमा आक्रमण गरेको बताएको छ।

बोर्नो राज्य बोको हराम इस्लामवादी लडाकुहरूको १५ वर्ष लामो विद्रोहको केन्द्रमा रहेको छ । जसले २० लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ र ४० हजारभन्दा बढी मारिएका छन्।

बोको हरामले सन् २०१४ मा बोर्नो राज्यको चिबोक सहरबाट २७० भन्दा बढी विद्यालयका छात्राहरूलाई अपहरण गरेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चित भएको थियो।

अधिकारीहरूले शनिबार १८ जनाको मृत्यु पुष्टि भएको बताए । जसमा बालबालिका, वयस्क र गर्भवती महिलाहरू समावेश छन्।

केही स्थानीय मिडियाले मृत्यु हुनेको संख्या अझ धेरै भएको रिपोर्ट गरेका छन् । नाइजेरियाको भ्यानगार्ड र दिस डे पत्रिकाहरूले विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको बताएको छ ।

घटनापछि सेनाले कर्फ्यू लगाएको छ भने आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । ग्वोजालाई २०२४ मा बोको हरामद्वारा कब्जा गरिएको थियो, र २०१५ मा नाइजेरियाली सेनाहरूले फिर्ता लिएका थिए।

तर समूहले त्यसपछि शहर नजिकै आक्रमण र अपहरणहरू जारी राखेको छ। गत नोभेम्बरमा छिमेकी योबे राज्यमा मलामीबाट फर्कने क्रममा बोको हराम विद्रोहीहरूले २० व्यक्तिको हत्या गरेका थिए ।

गाउँलेहरूले तथाकथित फसल कर तिर्न अस्वीकार गरेपछि विद्रोहीहरूले गुरोकायेया गाउँमा गरेको आक्रमणमा १७ जना मारिएको एक दिनपछि यो आक्रमण भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077