Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ ।

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो ।

यो विधेयकमा पाँच वटा संशोधन प्रस्ताव गरेको थियो ।

नेपाली कांग्रेसका सांसद आरजु राणा, दिलेन्द्रप्रसाद बडू, डा. प्रकाशशरण महत र श्यामकुमार घिमिरेले संयुक्त रुपमा संशोधन राखेका थिए ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले पनि संशोधन प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077