Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माधव नेपालको गुनासो - एमाले अध्यक्ष ओलीलाई १० पटक फोन गर्दा पनि आउनुभएन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी ओलीलाई महाधिवेशनमा आउन फोन गर्दा पनि नलागेको बताएका छन् ।

आफ्नो पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई दसपटक फोन र म्यासेज गर्दा पनि महाधिवेशनको उद्घाटन सत्रमा नआएको बताए ।

आइतबार सुरू भएको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली गएनन्। एमालेले प्रतिनिधिसमेत पठाएन।

अध्यक्ष नेपालले भने,‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएको छु, पाएको पनि सूुचना पाएको छु । ३ वर्षको घाउ आलो भएर नआउनु भएको होला । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन ।’

अध्यक्ष नेपालले महाधिवेशनमा आउन एमालेका अध्यक्ष केपी ओलीलाई लगातार १० पटक फोन गर्दा पनि नलागेको बताए।

उनले तीन वर्षको घाउ आलो भएकै कारणले नआएको हुनसक्ने अनुमान लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077