Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुखी नेपाली, समृद्ध नेपालको नारा मैले नै ल्याएको हुँ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ नेतृत्व सहमतिमै चयन गर्नुपर्ने बताएका छन्।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

उनले सहमति नहुँदामात्र लोकतन्त्रको उपयोग गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए।

नेता खनालले एमालेमा हुँदा सुखी नेपाली समृद्ध नेपालको नारा आफूले नै अगाडि सारेको स्पष्ट पारे।

उनले देशको विकासका लागि एउटै आवाजका साथ सहमतिबाट अगाडि बढ्नुपर्ने धारणा राखे।

नेता खनालले प्रतिस्पर्धा गर्नुपर्दा सुन्दर ढंगले गर्न आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077