Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्सको निर्वाचनमा राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा

काठमाडौं । फ्रान्सको संसदीय निर्वाचनको पहिलो चरणमा घोर दक्षिणपन्थी पार्टी नेशनल रेलीले अग्रता लिएको छ ।

यसले फ्रान्सको राजनीतिमा नेशनल रेलीको प्रभावलाई पुष्टि गरेको छ र सत्ताको ढोकाको नजिक पुर्‍याएको हो ।

प्रवासी विरोधी नेशनल रेलीका नेता मरिन ले पेनले निर्वाचन परिणामप्रति उत्साहित हुँदै वर्तमान राष्ट्रपति इम्मानुअल म्याक्रो गुट तहसनहस भएको बताएकी छन् ।

देशलाई वर्वादीबाट जोगाउन आफ्नो दललाई मतदान गर्न फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँसहितका नेताले निर्वाचन अभियानलाई सशक्त बनाउने बताए ।

तर निर्बाचनका लागि मात्र एक हप्ताको समय रहेको छ । विपक्षी नेशनल ¥याली (आरएन) पार्टी मरिन ले पेनले नयाँ नेसनल एसेम्बलीमा पूर्ण बहुमत प्राप्त गर्नेछ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन ।

ले पेनका समर्थक २८ वर्षीय जोर्डन बर्डेलालाई प्रधानमन्त्री बन्न र सत्ता सम्हाल्ने निश्चित हुन आरएनलाई अहिलेकोभन्दा निकै धेरै मतको आवश्यकता पर्नेछ ।

यसै महिना युरोपेली संसद्को चुनावमा आरएनले आफ्नो मध्यमार्गी शक्तिलाई पराजित गरेपछि म्याक्रोनले मध्यावधि चुनाव को आह्वान गर्नुभएको थियो ।

निर्वाचनमा जाने राष्ट्रपति म्याक्रोँको निर्णयले उहाँका केही सहयोगीहरूसमेतलाई चकित पारेको थियो । निर्वाचन घोषणाले म्याक्रोँलाई आँफैमाथि मार पर्ने जोखिम देखिएको छ ।

पहिलो चरणको निर्वाचन परिणाम नउल्टिएमा यसले राष्ट्रपतिलाई आफ्नो कार्यकालको बाँकी तीन वर्षका लागि निकै कम शक्तिशाली व्यक्ति बनाउनेछ ।

दोस्रो चरणको निर्वाचनपछि ५७७ सदस्यीय राष्ट्रिय सभामा आरएनले बहुमत प्राप्त गर्ने मतदान एजेन्सीहरूले अनुमान गरेका छन् । तर पूर्ण बहुमतका लागि आवश्यक पर्ने २८९ सिट पार्टीले प्राप्त गर्ने आधार स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077