Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुनको मूर्ति भन्दै ३० लाख ठगी गर्ने भारतीयसिहत ५ जना पक्राउ

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ठगी गर्ने ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सुनको मूर्ति भन्दै ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको उडिशा घर भई हाल कमलपोखरी बस्ने वर्ष ४० का कलाकार दास, म्याग्दिको रघुगंगा घर भई हाल धोबीघाट बस्ने वर्ष ६४ का क्षेत्र बहादुर शाही, धादिङ निलकण्ठ घर भई डल्लु बस्ने वर्ष ३८ का दिपक थापा, दाङ घर भई हाल लाजिम्पाट बस्ने वर्ष ३५ का बसन्त चौधरी र काठमाडौं महानगरपालिका १५ चौमती बस्ने वर्ष ५५ का रविन महर्जन रहेका छन् ।

प्रहरीका अनुसार दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा विक्री गरेका थिए।

तर नक्कली भएको पाइएपछि पीडितले प्रहरीलाई सम्पर्क गरेका थिए। प्रहरीले पक्राउ परेकाको साथबाट १४ लाख रुपैयाँ नगद बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077