Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

१४ अंकले नेप्से बढ्दा २ अर्ब ९९करोडको कारोबार

काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।

अघिल्लो दिन १४.८३ अंकले घट्दै २ हजार ३७.०९ विन्दुमा ओर्लिएको नेप्से सूचक सोमबार ०.८० प्रतिशतले बढ्दै २ हजार ५३.३८ विन्दुमा उक्लिएको हो ।

तर सोमबार कारोबार भने घट्न पुगेको छ । यसदिन ३२३ स्क्रिप्सको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयाँमा खरिदबिक्री भए।

आइतबार ३ अर्ब ६० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले नेप्से बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

हिमालया ऊर्जा विकासको सेयर मूल्य सर्वाधिक ९.७४ प्रतिशतले बढ्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077