Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक, कुन विषय कहिले ?

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

बोर्डले मंगलबार साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

असार १६ गतेको बोर्डको निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने गरेको थियो ।

परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट बाट डाउनलोड गरी भर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077