Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाउँदै छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बहस कार्यक्रम आयोजना हुनेछ।

कोइरालालाई केन्द्रमा राखेर तीन शीर्षकमा बहस कार्यक्रम समेत हुनेछ । ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा वक्ताका रूपमा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली रहनेछन्।

तत्कालीन राणा शासकबाट लखेटिएका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाका कान्छा पुत्रका रूपमा १९८१ असार १८ गते भारतको बिहारमा जन्मिएका गिरिजाप्रसाद नेपाली राजनीतिका धरोहर मानिन्छन्। उनको निधन २०६६ साल चैत ७ गते भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077