Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले-कांग्रेस मिलेपछि मेयर बालेनको कटाक्ष - यो समय गिरिबन्धु चियाको हो

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कटाक्ष गरेका छन् ।

सोमबार मध्यराति संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने कांग्रेस र एमालेबीच सहमति भएको थियो । सोही प्रसंगमा मेयर बालेनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत यो समय गिरिबन्धु चियाको हो भन्दै कटाक्ष गरेका हुन् ।

उनले काले काले मिलेर खाऊ भाले भनेर समेत टिप्पणी गरे । 'गिरिबन्धुको फाइल खोल्ने हल्लाकाबीच उल्टो त्यस्तो जग्गा एकपल्टलाई बेच्न दिने विधेयक संसदबाट पास भएछ,' उनले लेखेका छन् ।

नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भएको उनले बताए ।

अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्नेछन् र सदन बन्द गर्ने मेयर बालेनले उल्लेख गरेका छन् ।

उनले थप लेखेका छन्, 'सरकार सुइँकिँदै छ भन्ने सुइँको पाएको भए रास्वपा यो हिलोमा मुछिन्नथ्यो होला तर सत्ताको 'टाप'ले आँखा छोपियो । देशमा एउटा मझौला उद्योग खोल्न पुग्ने खाली जग्गा पनि बाँकी छैन । उद्योगको 'प्लान्ट' भन्दा जग्गा किन्न या भाड़ामा लिन महँगो पर्छ । औद्योगिक प्रयोजनबाहेक अन्यमा प्रयोग र बेचबिखन गर्न नपाइने गरी 'पञ्चायत'ले जोगाइदिएका केही जग्गा पनि जोगाउन नसक्ने हो भने भोलि कहाँ पुगिएला ?'

सोमबार मध्यराति भएको सहमतिअनुसार संसद्को बाँकी कार्यकाल सरकारको नेतृत्व आधाआधा कार्यकाल बाँड्ने सहमति भएको छ । यो सहमतिलाई अन्तिम रूप दिन बाँकी छ ।

दुई दलका नेताबीच भएको पछिल्लो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली शुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077