Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन एमाले र कांग्रेसबीच समझदारी'

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसबीच समझदारी भएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले एमालेका अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी ।'

यस प्रक्रियामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि महासचिव पोखरेलले जानकारी दिए ।

सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077