Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस पार्टी कार्यालय सानेपा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन्।

गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा आयोजित फोटो प्रदर्शनी अवलोकनका लागि अध्यक्ष ओली सानेपा पुगेका हुन्।

फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । फोटो प्रदर्शनीको पूर्वप्रधानमन्त्री ले अवलोकन गरिसकेका छन्।

फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सबै पूर्वप्रधानमन्त्रीहरुले अवलोकन गरेका छन्।

सोमबार मात्र नेकपा एमाले र कांग्रेसबीच नयाँ सरकार गठनको सहमति भएको थियो । सहमतिअनुसार ओली पहिलो कार्यकालको प्रधानमन्त्री बन्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077