काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।
सत्ता समीकरण फेरिने भएपछि पार्टी मुख्यालय च्यासल ललितपुरमा एमालेको सचिवालय बैठक सुरू भएको हो।
बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।
सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् ।