Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुन काण्डमा मेट्रोका हवल्दार सिआइबीको हिरासतमा

काठमाडौं । विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहसँग मिलेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत हवल्दार सुन्दर नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो ।

हवल्दार नेपालीलाई एक साताअघि नै पक्राउ गरिएको स्रोत बताउँछ । विमानस्थलबाट ल्याइएको सुन एक समूहले लुटेको थियो । सो सुन फिर्ता गरिदिने भन्दै ती हवल्दारले लाखौँ रुपैयाँ लिएका थिए ।

पैसा लिएर पचाउने प्रयास गरेपछि सुन तस्करी गर्ने समूहले विभिन्न निकायमा उजुरी गरेका थिए । सिआइबीले सूचना पाएपछि हवल्दारलाई पक्राउ गरी सुन तस्करी गर्ने तथा लुट्ने समूहमाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077