Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रविलक्षित विश्वप्रकाशको टिप्पणी - अहिले पनि गृहमन्त्रीलाई फाइल खोल्न कसले रोकेको छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्यसम्पादन बैठकपछि बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले कांग्रेस एमाले गठबन्धनले भ्रष्टाचार नियन्त्रण गर्न कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताए।

महामन्त्री शर्माले भने, ‘भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यस कारण सरकारबाट हटाइयो भन्नुहुन्छ। अहिले पनि गृहमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले राजीनामा दिए आज साँझसम्म हुनुहुन्छ। नदिए एक महिना हुनुहुन्छ। कुनै पनि फाइलहरूमा कुर्नै आग्रह पूर्वाग्रह, कसैको बारेमा राख्नुहुन्न। भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको छ।’

हिजो गृहमन्त्रीले भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समीकरण फेरिएको आरोप लगाएका थिए। उनले गिरीबन्धुसहित सबै भ्रष्टाचारको फाइल सरकारले खोल्ने जिकिर गरे।

सोमबार मध्यरात कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा  ओलीबीच संसदको आगामी कार्यकालका लागि आधा/आधा समय प्रधानमन्त्री बन्ने सहमति भएको थियो ।

सोहीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै रास्वपाका सभापति लामिछानेको गृहमन्त्री पद धरापमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077