Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रतिनिधिसभाका सचिव अधिकारीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनको कृषि हलमा आयोजित समारोहमा सचिव अधिकारीले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन्।

अधिकारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए।

सभामुख घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077