Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बेचन झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको माओवादी महासचिव गुरुङको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको दाबी गरेका छन्।

राजनीतिक घटनाक्रमबारे आयोजित एक साक्षात्कारमा बोल्दै महासचिव गुरुङले यस्तो बताएका हुन् ।

महासचिव गुरुङले कांग्रेस र एमालेको मिलनले देश पश्चगमन र प्रतिगमनको दिशामा गइरहेको जिकिर गरे।

महासचिव गुरुङले एमालेले माओवादीसँगको सहकार्य तोड्नुको कुनै आधार नभएको बताए।

उनले माओवादीले राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास गर्दा पनि सहमति नजनाएका दलहरूले अहिले यो विषयलाई उठाएकोप्रति असन्तुष्टि जनाए।

वामपन्थीहरूको सहकार्य छाडेर एमाले दक्षिणपन्थी दिशामा अगाडि बढेको आरोप लगाए।

टिआरसी विधेयकलाई रोक्ने र नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको महासचिव गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077