Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

एजेन्सी । भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । विगत २४ घण्टामा बाढीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

जुलाई–२ मा आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी रिपोर्ट अनुसार तिनसुकिया जिल्लामा दुई जनाको मृत्यु भएको छ ।

धेमाजी जिल्लामा एक जनाको मृत्यु भई कुल मृतकको सङ्ख्या ३८ पुगेको छ । मङ्गलबार २८ जिल्लाका ११ लाख ३४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएकाले राज्यमा बाढीको अवस्था गम्भीर बनेको छ ।

प्रशासनले बाढी प्रभावित जिल्लाहरूमा ४८९ राहत शिविर र वितरण केन्द्रहरू स्थापना गरेको छ जहाँ लगभग दुई लाख ८७ हजार मानिसहरूले शरण लिइरहेका छन् ।

बाढी घरमा पसेपछि धेरै बाढी प्रभावित मानिसहरूले सुरक्षित स्थान, उच्च भूमि, विद्यालय भवन, सडक र पुलहरूमा शरण लिइरहेका छन् ।

स्थानीय प्रशासन, सेना, अर्धसैनिक बल, एसडिआरएफ र सर्कल अफिसका उद्धार टोलीहरू ठाउँ ठाँउमा उद्धार कार्यमा संलग्न छन् ।

मङ्गलबार विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट लगभग दुई हजार ९०० जनालाई उद्धार गरिएको छ । सरकारले मङ्गलबार बाढी प्रभावितलाई चामल, दाल, नुन र तेल वितरण गरेको छ।

एएसडिएमएको बाढी प्रतिवेदनले आठ लाख ३२ हजार ९९ जनावरहरू पनि बाढीबाट प्रभावित भएको जनाएको छ ।

मङ्गलबार बाढीले ७४ वटा सडक, छ वटा पुल र १४ वटा तटबन्धलाई क्षति पु¥याएको छ भने पाँच वटा तटबन्धलाई तोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077