Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

माओवादी महासचिव गुरूङले भने - प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिनुहुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव गुरूङले यस्तो बताएका हुन् ।

महासचिव गुरूङले विपक्षीसँग मिलेर जबरजस्ती गर्न खोजिएकाले प्रधानमन्त्रीले राजीनामा नगर्ने बरू संविधान अनुसार संसदबाट विश्वासको मत लिने बताए।

महासचिव गुरूङले भने,‘एउटै समीकरण भित्र कसले नेतृत्व गर्ने भन्ने कुराको आधारमा राजीनामाको कुरा आउँछ। विपक्षसँग मिलेर जबरजस्ती रूपले राजीनामा दिने भन्ने हुँदैन । राजीनामा स्वेच्छा हो। एउटै समीकरणभित्र कसले के भूमिका निर्वाह गर्ने भन्ने क्रममा भूमिका परिवर्तन हुँदा राजीनामा दिने कुरा हो।’

त्यो बाटोबाट गएको भए वर्तमान समीकरण भित्रका जोकोही पनि प्रधानमन्त्री बन्न सक्ने गुरूङले बताए। गुरूङले फेरि ७६(२)अनुसारको सरकार बनाउनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

संसदको प्रक्रियाबाट जाँदा विद्यमान सरकारले विश्वासको मत नपाउँदा ७६(३)अनुसारको सरकार बन्ने महासचिव गुरूङको दाबी छ।

महासचिव गुरूङले चित्त नबुझेपनि संविधान पालना गर्नुपर्ने र संसोधन नै गर्नुपरे समय आउने बताए।

समीकरण भित्र छलफल भएर समीकरणकै अरू व्यक्ति प्रधानमन्त्री हुन्थ्यो भने राजीनामाको प्रक्रियामा पनि सहमत हुन सकिने गुरूङले बताए।

समयमै पुनर्विचार गरेर वामपन्थी नेतृत्वको गठबन्धनलाई नै सुदृढ पारेर अघि बढाउनुपर्ने महासचिव गुरूङको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077