Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

पूर्वप्रदेश सांसद यादवलाई थुनामा राख्न अदालतको आदेश

महोत्तरी । अदालतले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ ।

जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेश्वरी घिमिरेको इजलासले यादवलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने र आगजनी मुद्दामा धरौटी माग गर्ने आदेश दिएको हो ।

आगजनी मुद्दामा पाँच हजार धरौटीको आदेश दिइएको छ । लामो समयदेखि फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरी आइतबार अदालतमा पेस गरिएको थियो ।

महोत्तरीको पोखरभिन्डामा यादवले चलाइरहेको गाडी दुर्घटनामा परेको र दुर्घटनामा परेको गाडीसहित भाग्न खोज्दा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको थियो ।

लामो समयदेखि यादव फरार थिए ।

२०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077