Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चना अड्किएर तीन वर्षे बालक घर्तीको मृत्यु

दाङ । दाङको तुलसीपुरमा चना अड्किएर तीन वर्षे बालकको मृत्यु भएको छ ।

चना खाने क्रममा घाँटीमा अड्किएर तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका तीन वर्षीय राजेन्द्र घर्तीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बालक विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा बुधबार बेलुका ५ बजेतिर घाँटीमा अड्किएर निसास्सिएका थिए ।

तत्कालै उनलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077