Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

निलम्बित महामन्त्री मुकुलको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालै निलम्बनमा परेका पार्टीका महामन्त्री डा. मुकुल ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।

बुधवार बसेको केन्द्रीय कमिटी बैठकले महामन्त्रीको प्रतिवेदन मिडियामा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

'बैठकमा महामन्त्रीको प्रतिवेदन सार्वजनिक नगर्ने बहुमत सदस्यको अभिमत भएतापनि पार्टी सभापतिले उक्त प्रतिवेदन सार्वजनिक गर्न पुनः प्रस्ताव गर्नुभयो । तदनुरुप महामन्त्रीको प्रतिवेदन मिडियामा सार्वजनिक गर्ने निर्णय गरियो,' पार्टीको निर्णयमा भनिएको छ ।

बैठकमा सबैले महामन्त्रीको समीक्षा प्रतिवेदन तथा पार्टी सञ्चालनका विविध पक्षहरूमा प्रश्नसहित आआफ्नो अभिमत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077