Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कङ्गो आक्रमणमा परी चिनियाँ नागरिकको मृत्यु

एजेन्सी । कङ्गोमा भएको सशस्त्र आक्रमणमा चीनका धेरै नागरिकको मृत्यु भएको छ ।

बुधबार इटुरी प्रान्तको सुन खानी स्थलमा सशस्त्र लडाकूको आक्रमणमा कम्तिमा चार चिनियाँ नागरिकको मृत्यु भएको हो।

बेइजिङको विदेश मन्त्रालयले डीआरसीमा रहेको एक निजी चिनियाँ कम्पनीमा सशस्त्र बलले आक्रमण गरेको जनाएको छ ।

आक्रमणपछि धेरै चिनियाँ नागरिकको मृत्यु भएको वा बेपत्ता भएको मन्त्रालयले जनाएको छ ।

चीनले आक्रमणको कडा निन्दा गरेको र सरकारले हत्याराहरूलाई सकेसम्म चाँडो खोजी गरी कानुन अनुसार कडा सजाय दिन माग गरेको मन्त्रालयका प्रवक्ता माओ निङले बताए ।

कङ्गोका बासिन्दा र चिनियाँ खानी मजदूरबिच सुनको विषयमा द्वन्द्व भएजस्तै डीआरसीका खनन स्थलमा आक्रमणहरू हुने गर्छन् ।

केही स्थानीय स्रोतले बुधबारको घटनामा स्थानीय लडाकू समूह, कोडेकोको संलग्नता रहेको बताएका छन् । कोडेकोले प्रतिद्वन्द्वी हेमा जनजातिविरुद्ध लेन्दु जनजातिको हितको रक्षा गर्ने दाबी गर्छ ।

कोडेकोले चिनियाँ खनन स्थलमा आक्रमण गरेको पुष्टि इटुरीको जुगु क्षेत्रको अबोम्बी सहरबाट नजिकै प्रान्तीय सहायक जीन–पियरे बिकिलिसेन्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077