Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओली भन्छन् - शिक्षकले सिकाउन नजान्दा एसईईमा धेरै विद्यार्थी फेल भए

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरुले सिकाउन नजान्दा एसईईमा धेरै विद्यार्थी फेल भएको बताएका छन् ।

अनेरास्ववियु रुपन्देहीले आयोजना गरेको एसईईमा ३.६ देखि माथिको जीपीए ल्याउने विद्यार्थीलाई कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले शिक्षकहरु गुणस्तरका नहुँदा धेरै विद्यार्थीहरु एसइईमा फेल भएको बताए । शिक्षकहरुमा आफूभित्र भएको ज्ञान प्रदान गर्ने सीप नहुँदा धेरै विद्यार्थीहरु फेल भएको ओलीले बताए ।

एसइईमा नन ग्रेड नतिजा आएका विद्यार्थीहरुले दिने पूरक परीक्षाको तयारीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने अध्यक्ष ओलीले बताए ।

२०८० चैत १५ गतेदेखि संचालन भएको एसइई परीक्षामा ननग्रेडमा परेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरुका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि २९ गतेसम्म पूरक परिक्षा तोकेको छ ।

सोही परीक्षालाई लक्षित गरेर फेसबुक पेज र अनलाईन मार्फत निशुल्क कक्षा सञ्चालन गर्न लागिएको अध्यक्ष ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077