Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बदलिँदो राजनीतिक परिस्थितिमा सरकारले संसदको सामना गर्नुपर्ने बताएका छन्।

शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले राजनीतिक परिस्थितिमा सरकारले संसदको सामना गर्नुपर्ने आँट राख्नुपर्ने बताए।

अध्यक्ष नेपालले भने,'हामी अहिलेको सरकारमै छौं। यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ।'

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदबाट विश्वासको मत लिन्छु भनेको कुरालाई आफ्नो पार्टीको समर्थन रहेको पनि बताए।

उनले संविधान संसोधन गर्ने भनेर कांग्रेस र एमालेले सरकार बनाउँदा बाँकी दलहरूसँग छलफल नगरेको पनि असन्तुष्टि व्यक्त गरे। नयाँ सरकार बनाउने भएपछि कांग्रेसबाट कुनै आग्रह नभएको पनि उनले बताए।

अध्यक्ष नेपालले लोकतन्त्रको रक्षा गर्न, संविधानको रक्षा गर्न र परिवर्तनको गतिलाई तीव्र बनाउन आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077