Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद सचिवालयलाई एमालेको पत्र - सरकारबाट समर्थन फिर्ता लियौं, अब प्रतिपक्षमा बस्छौं

काठमाडौं । नेकपा एमालेले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद्लाई दिएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।

राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल थालिएको भन्दै असार १९ बाट समर्थन फिर्ता लिइएको पत्र संसद सचिवालयलाई पठाइएको हो ।

योसँगै एमालेले प्रतिपक्षमा बस्ने जानकारी पनि दिएको छ।

कांग्रेससँग नयाँ सत्ता समीकरणको सहमतिसँगै एमालेका मन्त्रीहरूले सरकारमाथि समर्थन फिर्ता लिएर राजीनामा दिइसकेका छन् ।

रघुवीर महासेठको नेतृत्वमा सरकारमा रहेको ८ जना मन्त्रीहरूको राजीनामा हिजो स्वीकृत भइसकेको छ ।

गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो।

एमाले र कांग्रेस दुवैले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह यसअघि नै गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077