Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माधव नेपालले भने - कांग्रेस र एमालेले खुसुक्क सहमति गर्नु उचित होइन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दुई ठूला पार्टीले खुसुक्क सहमति गर्नु उचित नभएको बताएका छन्।

अध्यक्ष नेपालले महत्वपूर्ण राष्ट्रिय सरोकारका विषयमा दुई पार्टीले खुसुक्क सहमति गर्नु उचित नहुने बताएका हुन्।

महत्वपूर्ण राष्ट्रिय सरोकारका विषयमा व्यापक परामर्श गरेर मात्रै अगाडि बढ्नुपर्ने अध्यक्ष नेपालले बताए ।

कांग्रेस र एमालेले गरेको सहमतिप्रति लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘दुइटा पार्टीले खुसुक्क सहमति गर्ने उचित होइन। यो तरिकालाई जायज भन्न सकिँदैन। संविधान संशोधनलगायत कुराहरू छन्, १२/ १३ वटा पार्टीहरू छन् उनीहरूलाई बोलाएर परामर्श गरेको भए बिग्रन्थ्यो?’

उनले एकीकृत समाजवादीको राष्ट्रिय राजनीतिमा रहेको भूमिकालाई कसैले 'माइनस' गर्न नसक्ने पनि बताए। अहिलेको सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने पनि अध्यक्ष नेपालको भनाइ छ।

नेपाली कांग्रेस र नेकपा एमालेले गत असार १७ गते नयाँ समीकरण बनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउनेलगायत सहमति गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077