Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहने माधव नेपालको दाबी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका र योगदान रहने बताएका छन् ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन समापन समारोहमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिए । पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरङ्ग ल्याएको उनको भनाई छ ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई बलियो कम्युनिष्ट पार्टीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वर्तमान सरकारलाई समर्थन कायमै रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा देखिएका राजनीतिक विषयको सामना गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077