Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रिमियर लिग गर्ने क्यानको निर्णय

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग गर्ने भएको छ ।

बिहीबार बसेको क्यानको बैठकले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर) मा नेपाल प्रिमियर लिग गर्ने निर्णय गरेको हो ।

यस्तै क्यानले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको पिचहरूको पुनः निर्माण गरी स्तरोन्नति गर्ने पनि निर्णय गरेको छ ।

हाल सञ्चालनमा रहेको जिम हललाई व्यवस्थित गर्न विस्तार गरी जिम हलमा प्रयोग हुने आवश्यक उपकरणहरू थप गर्ने पनि क्यानले निर्णय गरेको छ ।

यसैगरी उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने पनि निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077