Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीका पीएसओको निधन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पीएसओको निधन भएको छ।

सशस्त्र प्रहरी बलका प्रहरी अधिकृत ४२ वर्षीय उमेश थापाको सूर्यविनायकस्थित आफ्नै निवासमा शनिबार निधन भएको हो ।

उनी शुक्रबार ड्युटी सकेर घर फर्किएका थिए। खाना खाएर सुतेका उनी बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका हुन्।

उनलाई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनी ओलीको सुरक्षार्थ खटिने प्रमुख हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077