Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रविलक्षित भीम रावलको टीप्पणी - टीभीमा बोल्दा उथलपुथल गर्छु भन्थे, प्रश्न गर्नेलाई पार्टीबाट निकाले

काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा)ले पनि निरङ्कुशता देखाएको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले रास्वपाप्रति इङ्गित गर्दै पार्टीका महामन्त्री डा मुकुल ढकाललाई कारबाही गरेर निरङ्कुशता देखाएको आरोप लगाएका हुन्।

नेता रावलले आजभोलि राजनीतिक दलहरूमा प्रश्न सोध्न पनि नपाइने गरेको बताए। उनले प्रश्न गरेकै भरमा महामन्त्री ढकाललाई पार्टीबाट निष्कासित गरिएको बताए ।

उनले भयङ्कर लोकतन्त्रवादी राजनीतिक दल भन्ने तर व्यवहार निरंकुशतावादी रहेको बताए ।

उनले रास्वपा सभापति एवं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै टेलिभिजनमा काम गर्दा नेपाल नै उथलपुथल बनाइदिने जस्तो गरी कुरा गरेपनि सरकारमा आउँदा त्यस्तो नभएको बताए ।

नेता रावलले अब प्रधानमन्त्री बन्न लागेका केपी शर्मा ओलीले सहकारी ठगीमा संलग्नलाई कारबाही नगरे त्यसको मतियार हुने आरोप लगाए । उनले देशको सूचना बेच्ने व्यक्ति सदनमा छ भन्ने गृहमन्त्रीले दोषीलाई कारबाही गरेर देखाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077