Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बागमतीको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार

काठमाडौं । बागमती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ।

काठमाडौं, कीर्तिपुर नगरपालिका-१० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको हो।

उद्धार गरिएकाहरूमा हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद उद्धार गण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १५ जना र नम्बर १८ निलबाराही गण कीर्तिपुरबाट १० जनाको टोलीले उनीहरूको उद्धार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077