Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आइतबार बस्ने भनिएको रास्वपा संसदीय दलको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको निर्धारित बैठक स्थगित गरिएको छ ।

आइतबार (भोलि) बिहान साढे ९ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।

अर्को सूचना नगरिँदासम्मका निम्ति बैठक स्थगित गरिएको उनले उल्लेख गरेका छन् ।

“भोलि मिति २०८१ असार २३ गते बस्ने भनिएको रास्वपा संसदीय दलको बैठक विशेष कारणवश अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जानकारी गराउँदछु,” कार्यवाहक प्रवक्ता मनीष झाले शनिबार साँझ जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि, समसामयिक राजनीतिक घटनाक्रम, संसद्का बाँकी काम–कारबाही र विविध विषयमा छलफल गर्न आइतबार दलको बैठक बस्ने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077