Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटी गाउँपालिकाको अपिल - पहिरो र बाढीको जोखिम छ, उच्च सतर्कता अपनाऔँ

अछाम । अछामको चौरपाटी गाउँपालिकाले बाढीपहिरोबाट सचेत रहन अपिल गरेको गरेको छ ।

शनिबार पालिकाले एक अपिल जारी गर्दै बर्षाका कारण गाउँपालिका क्षेत्र भित्रका विभिन्न स्थानहरुमा भूक्षय, बाढी, पहिरो वा डुवान भइ ठुलो धनजनको क्षति हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन अपिल गरेको हो ।

जारी अपिल पत्रमा भनिएको छ, 'वर्षा याम लागेसँगै चौरपाटी गाउँपालिका क्षेत्र लगायत देशका विभिन्न भागमा मिति २०८१।०३।२० गते देखि अविरल वर्षा भइरहेकोले मानविय दैनिक जिवनयापन कष्टकर बन्दै गई रहेको छ । बर्षाका कारण चौरपाटी गाउँपालिका क्षेत्र भित्रका विभिन्न स्थानहरुमा भूक्षय, बाढि, पहिरो वा डुवान भइ ठुलो धनजनको क्षति हुन सक्ने भएकोले चौरपाटी गाउँपालिका बासि सम्पुर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनि हरुले उच्च सतर्कता अपनाइ सचेत हुन अनुरोध छ।'

साथै गाउँपालिका भित्र कुनै पनि दैविक प्रकोप वा अप्रिय घटना घटन गएमा तुरुन्त खबर गर्न गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले जारी गरेको अपिलमा भनिएको छ ।

'यसै सन्दर्भमा चौरपाटी गाउँपालिका भित्र कुनै पनि दैविक प्रकोप वा अप्रिय घटना घटन गएमा चौरपाटी गाउँपालिकाको विपत जोखिम न्यूनिकरण समिति चौरपाटी गाउँपालिका का अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष,प्रहरी तथा सामाजसेवि बुद्धिजिवि हरूलाई तुरुन्त तपशिलका सम्पर्क नम्बरहरुमा खबर गरी उद्दार कार्यमा सहयोग गरिदिनुहुन समेत अनुरोध गरिन्छ ।

साथै चौरापाटी गाउँपालिकामा रहेका दैविक प्रकोप उद्दार सामग्रीहरु तयारी अवस्थामा रहेकोले आ- आफ्नो क्षेत्रमा सुरक्षित तरिकाले रहनहुन हार्दिक अपिल गर्दछौँ,' अपिल पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077