काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ ।
आज बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको छ ।
नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिने तयारी गरेका छन् ।