एजेन्सी । गाजाको एक विद्यालयमा इजरायलले गरेको हवाई हमलामा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
सो भवनमा मध्य गाजाको नुसरत शरणार्थी शिविरका हजारौँ विस्थापित मानिस आश्रय लिइरहेको हमासको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
इजरायली डिफेन्स फोर्स (आइडीएफ) ले अल जाओउनी विद्यालयका संरचनामा आतंककारी गतिविधि भइरहेकोले आक्रमण गरिएको जनाएको छ ।
अलग्गै अर्को आक्रमणमा शिविरका १० जनाको मृत्यु भएको छ ।