काठमाडौं । नारायणी नदीमा फसेका दुईजनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
शनिबार साँझ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–६, बुटवल बजारस्थित नारायणी नदीको भंगालमा फसेकाको सशस्त्र प्रहरीको गोताखोरले उद्धार गरेको हो ।
उद्धार गरिएकाहरूमा गैडाकोट नगरपालिका–५ का ५० वर्षीय ओमबहादुर गुरुङ र ४२ वर्षीय खुमबहादुर गुरुङ छन् । बाढीमा फसेका ३५ वर्षीय रमेश बोट भने पौडिएर निस्किएका थिए ।
नदीको भंगालमा माछा मार्ने क्रममा फसेका उनीहरूको करिब पाँच घण्टापछि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।