Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशलाई स्थायित्व दिनु पश्चगमन होइन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायित्वको आधार तयार पार्ने कुरा देश र जनताको हितमा हुने बताएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । संविधान संशोधन पश्चगमन नभएको अध्यक्ष ओलीको भनाई छ ।

अध्यक्ष ओलीले भने, ‘संविधान जारी भएपछि अहिलेसम्म देखिएको समस्याहरू ध्यानमा राखेका छौं । ती समस्या हल गर्नेगरी संविधान संशोधन गर्ने भनिएको हो । राजनीतिक स्थायित्वकै खोजीमा संविधान संशोधन गर्ने कुरा पश्चगमन होइन ।’

संविधान थप बलियो बनाउनकै लागि संशोधन जरुरी रहेकाले सबै दलले साथ दिनुपर्ने अध्यक्ष ओलीले बताए ।

देशलाई स्थायित्वको दिशामा लैजान ठूला दलहरु सहितको राष्ट्रिय सरकार बनाउन लागिएको उनले बताए ।

यो सरकारमा सबैले सहभागी हुनुपर्ने अध्यक्ष ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077