Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

क्यान्टोनमेन्टको फाइल खोल्न गृहमन्त्री लामिछानेलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जीवी राईलाई पक्राउ गरेर ल्याए संसदमा फूलमालाले गृहमन्त्री रवि लामिछानेलाई स्वागत गर्ने बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन् । प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई सात दिनभित्र जिबी राई पक्राउ गरेर ल्याउन आग्रह गरे।

प्रमुख सचेतक शाहीले भने, ‘मलाई मेरा गृहमन्त्रीज्यूबाट के माग्नु छैन, जिबी राई पक्राउ गरेर ल्याउनुस्, यही संसदमा हामी फूलमालाले स्वागत गर्छौं । अरू केही गर्नु पर्दैन।’

प्रमुख सचेतक शाहीले क्यान्टोनमेन्टको फाइल अगाडि बढाउन गृहमन्त्री लामिछानेलाई चुनौती दिए ।

भ्रष्टाचारका फाइल खोल्दा सरकार परिवर्तन गरिएको भन्ने गृहमन्त्री लामिछानेको भनाइ लक्षित गर्दै उनले क्यान्टेमन्टको घोटालामा संलग्न व्यक्तिको नाम रोष्ट्रमबाट बताए आफ्नो समर्थन रहने बताए ।

जनता पूराना दलका प्रताडित भएर नयाँलाई देशका लागि निर्वाचित गरेको भन्दै पद र प्रतिष्ठाका लागि काम नगर्न पनि उनले आग्रह गरे।

आफ्नो पद धरापमा पर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जस्तै गरी गृहमन्त्रीको अभिव्यक्ति पनि आउन थालेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077