Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भ्रष्टाचारका फाईल ढाकछोप गर्न कांग्रेस-एमालेबीच सहकार्य भयो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचारका फाईल ढाकछोप गर्न कांग्रेसर एमालेबीच सहकार्य गरिएको हो भनेर प्रश्न गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो प्रश्न गरेका हुन् ।

अध्यक्ष केसीले नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टी इस्टेट प्रकरण ढाकछोप गर्न कांग्रेस र एमालेबीच सहकार्य गरिएको आरोप लगाए ।

उनले त्यस्ता काण्डहरूबाट आफूलाई चोख्याउन कांग्रेस र एमालेले नयाँ सत्ता समीकरण बनाएको भए जनतालाई मान्य नहुने बताए।

अध्यक्ष केसीले भने, ‘यदि भ्रष्टाचारलाई छामछुम पार्न, भुटानी शरणार्थीको काण्डमा र गिरिबन्धु टी इस्टेटको काण्डमा दुई वटा ठूला पार्टीको सम्झौता हो भने यो नेपाली जनतालाई मान्य हुन्न।’

उनले एमालेले सरकारको नेतृत्व गर्ने भन्नेकुराप्रति पनि असन्तुष्टि व्यक्त गरे। संसदको ठूलो दल कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने अध्यक्ष केसीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077