Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेलपाखा पहिरो : विस्थापितको व्यवस्थापनमा खटिए अध्यक्ष भिम साउँद, गरे त्रिपाल वितरण

अछाम । चौरपाटी गाउँपालिकाले पहिरोका कारण विस्थापित भएका ९ परिवारलाई त्रिपाल वितरण गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ६ दुनीको सेलपाखामा बस्ती माथिबाट पहिरो जाँदा विस्थापित भएका ९ परिवारलाई सुरक्षित स्थानमा सारेर गाउँपालिकाले त्रिपाल पनि हस्तान्तरण गरेको हो ।

पालिकाका अध्यक्ष भिम बहादुर साउँदले सो स्थानमा पुगेर विस्थापित परिवारलाई त्रिपाल पनि हस्तान्तरण गरेका हुन् । उनका अनुसार ९ परिवारलाई त्रिपाल वितरण गरिनुका साथै स्वास्थ्य इकाईको भवनमा राखिएको छ । उनीहरुका सामान पनि सारिएको बताइएको छ ।

पहिरोले विस्थापित बस्तीमा अध्यक्ष भिम बहादुर साउँद आफै पुगेका थिए । बिहानैदेखि त्यहाँ उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको टोली खटिएको थियो ।

साथै अझै पहिरो र बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन पालिकाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077