Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस कार्यालयमै नेविसंघ केन्द्रीय सदस्य नेपाल कुटिए, नाक फुट्यो !

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निराजन नेपालमाथि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कुटपिट भएको छ ।

स्ववियू परिषद नेपालका अध्यक्षसमेत रहेका नेपालमाथि आइतबार कुटपिट भएको हो ।

कुटपिटबाट नेपालको नाकमा चोट लागेको छ । उनको स्टार अस्पतालमा उपचार गरिएको बताइएको छ ।

नेपालमाथि सन्जय बुढाथोकी नेतृत्वको समूहले कुटपिट गरेको आरोप छ । तर कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077